अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका क्वारेन्टाइनमा रहेका १७ जनाको र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ शनिबार १४७ जनाको आरडीटी परिक्षण गरिएको थियो । निगेटिभ देखिएका १३० जनालाई ७ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाईएको बताइएको छ ।
अराज बेल्बासेका अनुसार वार्ड नम्बर ४ मा ७ जनाको आरडीटी परिक्षण गरिएकोमा ७ जनाकै रिपोट नेगेटिभ आएको छ। वार्ड नम्बर ५ मा १९ जनाको आरडीटी परिक्षण गरिएकोमा ३ जनामा पोजिटिभ देखिएको छ। वार्ड नम्बर ६ मा ३० जनाको आरडीटी परिक्षण गरिएकोमा २ जनामा पोजिटिभ देखिएको हो । वार्ड नम्बर १४ मा ७६ जनाको आरडीटी परिक्षण गरिएकोमा ६ जनामा पोजिटिभ देखिएको छ ।
पोजिटिभ आएका १७ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।
यस्तै शितगंगा नगरपालिकामा आजसम्म ८२ जनाको पिसीआर परिक्षण भएको छ भने ३२६ जनाको आरडीटी परिक्षण भएको छ ।