डम्मर बुढा मगर,
बागलुङ । पर्वतको कुश्मा नगरपालिका ३ दुलुङमा शनिबार राति भीषण पहिरोले दुई घर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकरी दिए । उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ ।
नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सक्रियतामा उद्धार भइरहेको प्रहरी प्रहुख अधिकारीको भनाई छ ।
पहिरोमा परि घरमा रहेका पशुचौपायासमेत मरेका छन् । पहिरो झण्डै तीन सय मिटर भन्दा माथिबाट खसेको प्रहरीको भनाई छ ।