अब के हुन्छ सोति घटना ?आजदेखी दुबै पक्षका वकिलले बहस गर्दै

-तेजेन्द्र दिलसमशेर  पाण्डे 
रुकुम पश्चिम 

६ जनाको ज्यान जाने गरि भएको  सोति चौरजहारी घटनाको आज देखि रुकुम अदालतमा बहस शुरु हुँदैछ । बिहिबार बयान सकियपछी दुबै पक्षका कानुनब्यबसायिले शुक्रबार देखि बहस गर्दैछन । २७ जना अभियुक्तको बयान सकिन ३ दिन लागेको अदालतले जानकारी गराएको छ। 

आरोप लागेका २ जना बालबालिकाको भने सोमबार नै बयान र बहस सकिएको  थियो । 
उनिहरुलाइ पुर्पक्षका लागि सुधार गृहमा पठाउन अदालतले आदेश गरिसकेको छ । 

उक्त आदेशका लागि पिडितको तर्फ देखि सहन्यायाधिवक्ता धुर्वराज ज्ञवाली,जिल्ला न्यायधिबक्ता केशव चपाइ,जिल्ला सहन्यायधिवक्ता बिनोद पौडेल ,प्राइभेट कानुनब्यबसायिहरु ,अधिबक्ता डा.नवराज गौतम,अधिबक्ताहरु मोहन शन्कर,आरसी गौतम,तेजेन्द्र पाण्डेय र मनिशा रोकायाले बहस गरेका थिए ।  त्यसैगरी प्रतिबादिका तर्फ देखि अधिबक्ताहरु भुवनेश्वर उपाध्याय ,गणेश हमाल,रत्नबहादुर खड्का र भक्तबहादुर मल्लले बहस गरेका थिए । 

बयान सकिएका  बाकी २७ जनालाई अब के गर्ने भन्ने निर्णय बहस पछि मात्र टुङ्गो लाग्ने छ । शुक्रवार देखि हुने बहसमा  प्राइभेट कानुन ब्यबसायिहरु बरिस्ठ अधिबक्ताहरु  डा.नवराज गौतम र दिनेश त्रीपाठि   अधिबक्ताहरु श्याम बिक,मोहन साशन्कर,आरसी गौतम,तेजेन्द्र पाण्डेय र मनिशा रोकाया लगायतले पिडितको तर्फ देखि बहस गर्दैछन, भने प्रतिबादिका तर्फ देखि अधिबक्ताहरु भुवनेश्वर उपाध्याय ,गणेश हमाल,रत्नबहादुर खड्का र भक्तबहादुर मल्ल लगायतले बहस गर्दैछन ।

 गत १० गते भएको  उक्त घटनामा कर्तव्य ज्यान,ज्यान मार्ने उध्योग र जातिय छुवाछूतको अपराध भएको  भन्दै जिल्ला सरकारी वकिल कार्यालयले आइतबार ३४ जना बिरुद्द जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

 ३४ जना मध्ये ५ जना अभियुक्तहरु हालसम्म फरार रहेको र उनिहरुको अनुसन्धान जारी रहेको रुकुम पश्चिम प्रहरिले  जानकारी गराएको छ ।

 जातिय भेदभावको कारण घटना भएको  भन्दै जाजरकोट र रुकुम पस्चिममा स्थानीयले  दैनिक आन्दोलन गर्दै आइरहेका छन । उक्त घटनामा  जाजरकोटका नवराज बिक सहित ६ जनाको ज्यान गएको  थियो भने १२ जना घाइते भयका थिए।