नायिका एलिजा गौतम अभिनित आधी कपाल तीज गीत सार्वजनिक

काठमाडौं  । नायिका एलिजा गौतम र दुर्गेश थापा अभिनित आधी कपाल बोलको तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नायिका गौतमको यो पहिलो म्युजिक भिडियो हो ।
भिडियो सार्वजनिक भएको तीन घण्टामै झण्डै एक लाखले हेरिसकेका छन् । चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको उक्त गीतको भिडियो निकै राम्रो बनेको छ ।
गीतमा बाल गायिका आयुषा गौतम र एलिजाकी छोरी एरिका धमलाको पनि अभिनय रहेको छ । खेम सेञ्चुरीको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन् ।
ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ ।