अशोक खनाल
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न. ४ धारापानीको शान्ती मा.वि. वार्ड न. ३ धारापानीको अन्नपूर्ण माबी र वार्ड न.१ ढाकाबाङको बिश्व मा.वि.स्थित आइसोलेशन स्थलहरुमा नगर प्रमुख र आयुर्वेद चिकित्सकहरुको टोली पुगेको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश न. ५ बुटवलको निर्देशन अनुसार आयुर्वेद चिकित्सक पद्धतिद्वारा कोरोना भाइरस ( कोबिड १९) नियन्त्रण तथा ब्यबस्थापनको बिषयमा जारी गरिएको श्रोत सामाग्री २०७७ बमोजिम दोस्रो चरणको अभियान अन्तरगत सोमवार नगर प्रमुख र आर्युबेद चिकित्सकहरुको टोली आइसोलेशन स्थलहरुमा पुगेको हो ।
टोलीले आइसुलेशन स्थलहरुमा विभिन्न किसिमका आर्युबेद औषधिहरु गुड्की चुर्ण , आमलकी चुर्ण ,आश्वगन्धा चुर्ण , यस्टीमधु लगायत आर्युबेदिक औंषधिहरु बितरण गर्नुको साथै आर्युबेद चिकित्सकहरसगै पुगेको टिम नेकोले साबुन, ब्रस, मन्जन, माक्स, ग्योलोब्स, र सेनिटाइजर लगायतका स्वास्थ सामाग्रीहरु बितरण गरेको छ । टोलीले मानसिक तनाब ब्यबस्थापन उचित आहार ब्याबहार ,सरसफाइमा ध्यान दिनु पर्ने कुराको जानकारी गराउदै योगा, नृत्य, ध्यान लगायतका सेवाहरु समेत प्रदान गरेको छ ।
आइसोलेशन स्थलमा नगर प्रमुख रेशम थापा, आर्युबेद स्वास्थ केन्द्र सन्धीखर्क का प्रमुख डा. अर्जुन राज शर्मा , वडा न. ४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार, वडा न १ का अध्यक्ष बुद्धि बहादुर थापा , वडा न।. अध्यक्ष भोजराज खनाल आर्युबेद स्वास्थ केन्द्रका सुचना अधिकारी कबिराज कमल प्रसाद आचार्य , वडा सचिव सपना शाही, समाजसेवी झबीलाल थापा, शिक्षा प्रेमी शुभाष बन्जाडे, टिम नेको का अध्यक्ष निगम पौडेल, स्थानीय जन प्रतिनिधिहरु, स्थानीय समाजसेवी तथा योग प्रशिक्षक अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।


