डिआरजी सुमन
व्युरो रिपोर्ट , अर्घाखाँची डटकम् । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वडा नं ५ मैदानमा जन्मिएकी सिता आचार्य (घिमिरे) को तीजगित “गरिवको जिन्दगी” वजारमा आएको छ ।
आफ्नै शव्द तथा लयमा वजारमा आएको भ्युजिक भिंडियोंमा नेपालको समसामयिक राजनितिक परिवेश, विश्वव्यापि महामारी रजनतालाई परेका समस्य तथा निराशात्मक भावना समेटिएको छ । नेपाली हिन्दू नारीहरुको महान चाड हरी तालिका तीज सुरु भएकोमानिने साउने संक्रान्तिसँगै तीजगीत वजारमा आउने क्रम पनि सुरु भएको छ ।
ऐतिहासिक परम्परागत नेपाली मौलिक संस्कृति, भाका र संस्कार समेटिएको गीतसंगीतको विचमा पछिल्लो समयमा पर्वको अस्थित्व नैधरापमा पार्ने तथा नेपाली समाजमा अपाच्य हुने खालका उच्छृंखल भाषा र भेषमा तीज गीत पनि वजारमा आएकै कारण परम्परागतमौलिक संस्कृति संकटमा पर्ने ख़तरा पनि देखिन लागेको छ । तीज पर्वको रक्षाको लागी परम्परागत सैलीमा आधुनिकीकरण गराउनेकाम वन्द गरिन जरुरी पनि छ ।