अर्घाखाँचीका जीवन परियारको नयाँ तीज गीत छाता ओढी ओढी सार्वजनिक
श्रावण ९ गते, २०७७ मा प्रकाशित
प्रेम नारायण आचार्य
लोक तथा दोहोरी गायक जीवन परियारले हरितालिका तीजको अबसरमा तीजको नँया गीत छाता ओढी ओढी बजारमा ल्याएका छन् ।
तीज गीतमा लोक सस्कृतिको लोप हुन लागि रहेको अबस्थामा गायक परियारले मौलीक तीज गीत बजारमा ल्याउन सफल भएका हुन् ।
अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर लोक तथा दोहोरी क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल युवा गायक परियारले यस भन्दा अघि पनि विभिन्न गीतहरु बजारमा ल्याएका थिए ।
मेलिना राई र जीवनको स्वरमा रहेको छाता ओढी ओढी गितमा जीवन आफैले संगीत भरेका छन् । यस गितमा राजेस सेती मगर र शुसिला पुन मगरले अभिनय गरेका छन् ।