अर्घाखाँचीको मौलिक तीज गीत “आमाले किन्दिएको पछ्यौरी ” (भिडियो सहित)
श्रावण ९ गते, २०७७ मा प्रकाशित
हरि कुँवर / दीपक भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको मौलिक तीज गीत “आमाले किन्दिएको पछ्यौरी “को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
महिलाहरु को महान पर्व हरितालीका तीजको अवसर पारेर तीज गीत बजारमा आउने क्रम जारी छ । महिला समाज सेवी निरु आचार्यले नयाँ तीजको गीत बजारमा ल्याइकी छिन ।
तीज गीत “आमाले किन्दिएको पछ्यौरी” मा अभिनब चौहानको को शव्द तथा कृष्ण लामिछाने को संगित रहेको मौलिक तीज गीतको म्युजिक भिडियो सम्झना डजिटल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त गीतमा गायक अभिनब चौहान र गायिका निरु आचार्यको आवाज रहेको छ ।
सुमन सागर जङ्ग के सि को निर्देशनमा तयार भएको “आमाले किन्दिएको पछ्यौरी” गीतको भिडियोलाई गोकुल अधिकारीले छायांकन गरेका थिए ।
त्यस्तै, चर्चित कलाकार सलिना नेपाली , अभिनब चौहान , प्रिजम खनाल ,तेजेन्द्र समशेर पाणडे को दमदार अभिनय रहेको छ । सम्झना डिजीटल मिडियाको आधिकारिक युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।
पछिल्लो समय परम्परा अनुसार मौलिक गीत ओझेलमा पर्दै गएपछि विगतका झल्को मेटाउनको लागि यस गीत बजारमा ल्याएको निर्माता सुभाष ज्ञवालीले बताएका हुन । गायिका आचार्य यस अघि पनि थुप्रै साहित्य तथा सामाजिक कार्य गर्दै आएकी छन ।