जाजरकोटमा विषालु च्याउ खाँदा एकको मृत्यु, आठजना बिरामी

जाजरकोटको कुशे गाउँपालिका– १ स्याँक्रीमा च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । अन्य आठजना गम्भीर बिरामी भएका छन् ।
विषालु च्याउ खाएर अञ्जना चलाउनेको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनीसँगै च्याउ खाएका टेकबहादुर चलाउने, ललित चलाउने, कल्पना चलाउने, पशुपति चलाउने, निरुता सिंह, धनसरा चलाउने र औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका– १ का वडाध्यक्ष गोपाल नेपालीले बताए ।
बिरामीको उद्धारका गर्न हेलिकोप्टर पठाउनका लागि पहल भइरहेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए । नयाँपत्रिकाबाट