बाग्लुङको निसीखोला ७ राजकुटमा नेकपाले गर्‍यो वार्ड कार्यालयमा तालाबन्दी

गिरीजा कुँवर,दिपेन्द्र खत्री
बागलुङ पश्चिम निसीखोला गाउँ पालिका मा रहेको नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) निसीखोला ७ राजकुट ले आज वडा कार्यलयमा तालाबन्दी गरेको छ।वडा कार्यलयले सामाजिक सुरक्षा भट्ट  वितरण गर्दा मनोमानी ढंगले गरेको बर्खा यामको समयमा वृद्ध वृद्वालाई जम्मा दुई दिनको समय दिएको वडा कार्यलय नियमित नखोलिएको भन्दै  नेकपा ले वडा कार्यलयमा ताल्चा लगाएको छ।
               त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपा निसीखोला ७ राजकुटका सचीव तारा घर्ती ले भन्नू भयो वडा अध्यक्ष ले वडा कार्यलय बाट नभै ढोरपाटन नगर पालिका १ बुर्तिबाङ मा रहेको बुर्तिबाङ गेस्ट हाउस अर्थात आफ्नै घरमा बोलाएर उक्त भट्ट दिएकोमा हाम्रो आपत्ति हो दुई दिनको समय दिनुमा आपत्ति हो सचिव घर्ती ले भन्नू भयो अन्य वडा हरुमा आफ्नै वडा कार्यलय बाट दिइन्छ तर ७ नम्बर वडामा घर बाट दिइएको छ।
          त्यस्तै सचीव घर्ती ले भन्नू भयो यसमा प्रभु बैंक साखा झिवाखोला पनि दोषी छ अन्य वडा मा बैंक गएर वितरण गर्‍यो तर हाम्रो वडा मा विभेद गर्‍यो।उहाले भन्नू भयो सानो योजना सप्पन्न गर्न पालिकाले अनिवार्य प्रभु बैंक मा खाता खोल्न भनेको छ तर बैंक ले सेवा सुबिधा मा विभेद गर्‍यो।
           त्यस्तै उक्त वडा कार्यलय गत बैशाख महिनामा पनि विवाद मा मुछिएको थियो।सामाजिक सुरक्षा भट्ट एकल महिला भट्ट अपांगता भट्ट लगायतलाई कर्मचारीलाई खाजा खर्च र फोटोकपी गर्न लाग्ने पैसा भन्दै प्रति व्यक्ति रु ५०/१००/२०० लिइएको स्थानीय टीका रानाले जानकारी दिनु भएको छ।