कपिलबस्तुमा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु

कपिलबस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
 
थप दुई जना घाइते भएका छन्। जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवराले जानकारी दिएका छन्। कुटपिटबाट ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन्।
 
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको एसएसपी बैदवारले बताए।
 
प्रदेश प्रहरी प्रवक्ता बैदवारका अनुसार आइतबार दिउँसो पौने ३ बजेतिर पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारकाे झै- झगडापछि कुटाकुट भएको थियो।
 
त्यो झगडापछि ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय बिजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेकाे आराेप छ। 
 
कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी बैदवारले जानकारी दिए। सेतोपाटीमा समाचार छ ।