विराटनगरमा कोरोना संक्रमित युवतीले छोरी जन्माइन्

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमित युवतीले छोरी जन्माएकी छन् ।
विराटनगर–२ की २० वर्षीया महिलाले सोमबार बेलुका ६ बजे प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सामान्य रुपमा छोरी जन्माएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
डा. सूर्यप्रसाद रिमालको निगरानीमा कोभिड अस्पतालमा अन्य दुई चिकित्सक र एक नर्सको सहायतामा पहिलोपटक संक्रमित महिलाको प्रसूति गराइएको उनले बताए ।
भदौ ३ गते ती युवतीमा संक्रमण पुष्टि भएको थियो । उनलाई भदौ ७ गते वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो।
आमा र छोरी दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. सापकोटाले जानकारी दिए। प्रदेशमा कोभिड–१९ को लेभल ३ अस्पतालमा संक्रमित महिलाको पहिलोपटक सफल प्रसूति गराइएको प्रतिष्ठानले जनाएको छ । देशसन्चारमा समाचार छ ।