गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको मेरो नसा नसामा सार्वजनिक

कमला घिमिरे
अर्घाखाँची ।  पछिल्लो समय निकै चर्चामा आएका  गायक गायिका द्वय कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत मेरो नसा नसामा सार्वजनिक भएको छ ।

अम्बिका गुरुङको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको मेरो नसा नसामा बोलको गीत कृष्ण र अस्मिताको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
क्रान्ती केसीको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा वबि रायमाझी र अन्जना कणेलको अभिनय रहेको छ । प्रेमिक भाव अभिब्यक्त यस गीतको भिडियोलाई अजय रेग्मीले छायांकन र निर्देशक क्रान्ती स्वयंले सम्पादन गरेका हुन् ।