कुलेन्द्र बिक
बाँके – बाँकेको समुदायस्थरमा फैलिएको कोरोना संक्रमणको दरमा कमि नआएपछि हप्ताको दुई दिन लकडाउन गर्ने भएको छ ।
अब देखि सातामा दुई दिन हिड्डुल समेत गर्न नपाइने भएको छ । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको आज बसेको बैठकले आगामी सातादेखि शुक्रवार र शनिवार जिल्ला पुरै सिल गर्ने निर्णय गरेको हो ।
कडा लकडाउन गरिनेछ, जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले भन्नुभयो, यसले तिब्र संक्रमण दर रोक्छ भन्ने विश्वास हो ।
त्यसबेला अस्पताल र स्वास्थ्य संस्था बाहेक कुनै खुल्ने छैनन, पैदलसमेत हिड्न पाइने छैन ।