जुकेनामा बिद्युतका कर्मचारीहरु पिटिए, ३ जना पक्राउ

 
अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा कार्यरत बिद्युत फ्युज सेवामा कार्यरत कर्मचारीलाई शितगंगा नगरपालिका ५ जुकेनाका स्थानियहरुले हातपात गरेका छन् । 
जुकेनामा बिद्युत लाईन मर्मत गर्न गएर फर्कने क्रममा मंगलबार साँझ साझ स्थानिय ऐन बहादुर घर्तीसँगको बिबादले उग्र रुप लिदा विद्युत् कार्यालय ठाडाका प्रमुख समेत रहेका जय किसन यादव र धनराज शाही घाइते भएका छन् ।
कामबाट फर्कने क्रममा पुर्व प्रहरी समेत रहेका घर्तीले अपज शब्द प्रयोग गर्दै गाली गलौज गर्दौ हातपातमा उत्रेको उनिहरुले बताएका छन् । अपरिचित मान्छे कसको अनुमतिमा आएको भन्दै हातपात गरेको तथा स्थानिय शिक्षक हरि घिमिरेले समेत झगडामा उर्जा थप्ने काम गरेको बिद्युत र्कमचारीले आरोप लगाए ।
 
कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई हिजो नै पक्राउ गरेको थियो भने अन्य २ जना समेत सम्पर्कमा रहेको र आज पकाउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । राती झगडा भएको खबर पाउना साथ प्रहरी घटना स्थलमा पुगि १ जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । कुटपिटमा संलंग्न अन्य भने फरार रहेका थिए । कुटपिटबाट घाइते भएका यादवलाई उपचारको लागि पठाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 

अन्य समाचारहरु