अर्घाखाँचीका श्रीकृष्ण घर्ति मिरेको कथावस्तु र मोडलिङ रहेको दशैं गीत “आमा तिम्रो न्यानो काख” सार्वजनिक (भिडियो सहित)
आश्विन ३ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहका श्रीकृष्ण घर्ति मिरेको कथावस्तु र मोडलिङ रहेको दशैं गीत “आमा तिम्रो न्यानो काख” सार्वजनिक भएको छ।
महान चाड दशैं नजिकिदै गर्दा खनदहका श्रीकृष्ण घर्ति मिरेको कथावस्तु र मोडलिङ रहेको अत्यन्तै मार्मिक दशैं गीत “आमा तिम्रो न्यानो काख” सार्वजनिक भएको हो ।
आमा तिम्रो न्यानो काख दशैं गीतमा चर्चित लोकदोहोरी गायिका सन्ध्या बुढा (काउली बुढी) र गायक गोबिन्द पौडेलको आवाज रहेको छ । यस म्युजिक भिडियोमा गायक गोबिन्द पौडेलको शब्द र हरि पाण्डेको लय रहेको छ । संगीत संयोजक बिनोद बाजुरालीले गर्नु भएको छ । भने ध्वनी मिश्रण खडक बाजुराली, रेकर्डिष्ट बिमाल छिनाल, राजेन्द्र बाजुरालीको रहेको छ।
यस्तै यस दशैं गीतमा परदेशीएको छोरा र आमाको कथामा आधारित रहेको छ ।
साथै यस म्युजिक भिडियोको निर्देशन गायक स्वयं गोबिन्द पौडेलको गर्नु भएको छ । भिडियोमा अभिनय मोडेल श्रीकृष्ण घर्ति मिरेले सहित मोडेल सरु केसीको रहेको छ। यस्तै छायांकनमा अमित गजवानी र भिडियो सम्पादन लुमिनोस पोष्टवर्कले गरेका हुन् ।
आमा तिम्रो न्यानो काख दशैं गीत भारतको राजधानी दिल्लीमा छायाङकन गरिएको म्युजिक भिडियो हिम सम्झौता म्युजिक प्रालिद्वारा सार्वजनिक गरिएको छ ।