दिपेन्द्र खत्री ।
असोज ५,गुल्मी – नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेका छन।पछिल्लो समय बजारमा लाेक दाेहाेरी गितका नाममा बिभिन्न किसिमका गित संगित बजारमा दिन प्रतिदिन सार्वाजानिक भईरहेकाे अबस्था छ।
त्यसमध्ये कुनै गीत चर्चा हिसाब राम्रै चलेका छन् भने कुनै गीत ठिकै छन् ।त्यसैमध्यको एउटा सबैको मन जित्ने गित जिन्दगीको बाटाे सार्वजनिक भएको छ ।यस गीतमा सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ।
अनिल खत्री र सुनिता विसी को आवाज रहेकाे यस गीतको शब्द पनि अनिल खत्रीकै रहेको छ,भने,लय महेन्द्र भण्डारीको रहेको छ ,भिडियोलाई भेशराज अर्याललेनै निर्देशन गरेका छन।जुन गीतको भिडियोमा भेषराज अर्याल र शान्ता विसीकाे सशक्त अभिनय गरेको देख्न पाइन्छ ।
जुन भिडियो BR Media आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ।