अर्घाखाँची घर भएका चर्चित कलाकार यमन खनालको “नमाने पिर” दशैं गीत सार्वजनिक (भिडियो सहित)
आश्विन ६ गते, २०७७ मा प्रकाशित
केशब पन्थी
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर – ३ ठुलापोखरा घर भएका चर्चित कलाकार यमन खनालको स्वर रहेको दशैं गीत “नमाने पिर” सार्वजनिक भएको छ ।
चर्चित गायक यमन खनालको स्वर रहेको दशैं गीत “नमाने पिर” म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो ।
गीतमा स्वरका साथै एरेन्ज निर्देशन यमन खनाल रहेको छ । यस्तै सुपा देउराली म्युजिक प्रा.ली को प्रस्तुतिमा शब्द संकलन तथा निर्माण छत्रदेव गाउँपालिका वार्ड नम्बर – ३ बल्कोटको बांसपाटाका बिराज पाण्डेको रहेको छ ।
यस दशैं गीत “नमाने पिर” मा यमन खनाल र रितु तामाङ्गको अभिनय रहेको छ। मरुभुमि नारायणको छायाँकन रहेको उक्त गित रोशन धितालको सम्पादन रहेको छ।
“नमाने पिर” परदेशीको बास्तबिक कथावस्तुमा आधारित छ ।
गायक यमन खनाल भन्नुहुन्छ; वास्तवमा संगित भनेको दु.ख. सुखको साथी हो । ध्वनीको लहरमा बहलिनु लयको संगितमा लहरिनु र भावको गहिराइमा गुञ्जिनु संगितको पहिचान हो। गित संगित पहिलेदेखि नै गाउँघरमा रोधी बस्ने प्रचलन थियो । आज आएर पछिल्लो समयमा गीत संगित शहर बजार देश बिदेशमा हाम्रो लोक दोहोरी गुन्जिरहेका छन्; जस्ता कथावस्तुमा “नमाने पिर” आधारित छ ।
यस्तै गीत संगितको बिकाश हुँदै गएको छ । गीत संगितले कहिले मायाँ पिरती कैले त पिर-ब्यथा समेटेको हुन्छ । कोरोनाले सबैलाई अस्तब्यस्त बनाएको छ र परदेशमा रहने नेपालीलाई नि त्यसको असर पारेको छ। परदेशीको बास्तबिक कथा ब्यथालाई समेटेर “नमाने पिर” निर्माण गरिएको हो; सुपादेउराली म्युजिक कम्पनीको प्रबन्धक निर्देशक समेत रहेका गायक यमन खनालले अर्घाखाँचीडट्कमलाई भन्नु भयो ।
उक्त म्युजिक भिडियो गायक यमन खनालको नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गायक यमन खनालका यसभन्दा अगाडि पनि दर्जनौ गीतहरु बजारमा आईसकेका छन् ।