गायिका बिन्दु परियारको नयाँ गीत ‘माया गर्छु है’ सार्वजनिक (भिडियो सहित)

अर्घाखाँची जिल्लाको खाँचीकोट घर भई काठमाडौं बस्ने  एरेन्जर सुदिप परिवार सागरकी श्रीमती तथा   गायिका बिन्दु परियारको नयाँ गीत  ‘माया गर्छु है’ मा ट्वीन्स गर्ल प्रिज्मा र प्रिन्सासँगै नाजिर हुसेनको अभिनय र नृत्य हेर्न पाइने भएको छ।
शनिबार गायिका बिन्दु परियारको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडिओ निर्देशन सान थापाले गरेका हुन्। गीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा सुदीप सागरले स‌ंगीत दिएका छन्।
गीतमा स‌ंगीत संयोजन पनि सुदीप सागरले गरेका हुन्। यसमा राजीव समरको कोरियोग्राफी रहेको छ।
गीतको भिडिओमा टिकटकबाट चर्चा कमाएका ट्वीन्स दिदी बहिनी अपराधी र नाजिर प्रहरीको भूमिकामा देखिएका छन्।