अर्जुन बेल्बासे
सिद्धारा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शितगंगा नगरपालिका वार्ड न १० सिद्धाराको वार्ड कमिटीको बैठक शनिबार सम्पन्न भएको छ ।
आज बसेको वडा कमिटिको बैठकले पार्टी सदस्यहरु विस्तार गर्ने, पार्टीलाई बलियो कसरि बनाउने, समाजमा रहेका समस्याहरुको समस्या कसरि गर्ने भन्ने विषयहरु माथि छलफल गरेको वडा कमिटिका अध्यक्ष थालेश्वर बेल्बासेले जानकारी दिनुभयो ।
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सकृय सदस्य शितगगा नगरपालिका वडा न १० काठेखोला निवासी पदम बहादुर बलालका ब्लड क्यान्सर छोरा तिलक बहादुर बलालको उपचारको लागि र दस हजार नगद दिने निर्णय भएको वडा कमिटिका अध्यक्ष थालेश्वर बेल्बासेले जानकारी दिनुभयो ।
बैठक वडा कमिटीका अध्यक्ष थालेश्वर बेल्बासेको अध्यक्षता, नगर ईन्चार्ज बसन्तकुमार श्रेष्ठ अर्यालको प्रमुख आतिथ्यता,जिल्ला कमिट सदस्य तथा नगर कमिटि सदस्य मणि अधिकारी , जिल्ला कमिट सदस्य धन बहादुर राना, प्रदेश कृषि विभागका सदस्य यमलाल आचार्य तथा नगर तथा वडा कमिटिका सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको हो ।