माधव खनाल
ढाकावाङ्ग, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ साविकको ढाकावाङ्ग ३ कुसुम्मारेको प्रशिक्षणात्मक भेला कुसुम्मारे टोलमा शुक्रबार सम्पन्न भएको छ ।
भेलाले मेघनाथ खनाल अध्यक्ष रहेको पन्ध्र सदस्यीय राष्ट्रिय जनमोर्चा कुसुम्मारे टोल समिति गठन गरेको छ समितिको उपाध्यक्ष अर्जुन खनाल सचीव जानका खनाल सहसचिव गोपाल नेपाली कोषाध्यक्ष मोहन खनाल र सदस्य हरुमा क्रमशः धर्मराज खनाल नारायण खनाल तेजबहादुर नेपाली हरि नेपाली शान्ता खनाल सुरज नेपाली लक्ष्मी नेपाली शिवलाल खनाल उमाकान्त खनाल दिपक नेपाली रहनुभएको छ भने प्रकाश खनाल सम्योजक रहेको तीन सदस्यीय राष्ट्रिय जनमोर्चा कुसुम्मारेको सल्लाहकार समिती समेत गठन गरेको छ ।
समितिको सदस्यहरुमा खुविराम खनाल र बासुदेव खनाल रहनुभएको छ ।
यस्तै भेलाले कमला खनाल अध्यक्ष रहेको पन्ध्र सदस्यीय अखिल नेपाल महिलासंघ कुसुम्मारे टो समिति गठन गरेको छ जसको उपाध्यक्षमा लक्ष्मी नेपाली सचीव पुजा खनाल सहसचिव सरस्वता खनाल र कोषाध्यक्ष सुनिता खनाल रहनुभएको छ भने सदस्यहरुमा क्रमशः कैसल्या नेपाली शान्ता खनाल टुका खनाल दुर्गा खनाल जानका भुसाल लक्ष्मी नेपाली धनकला नेपाली देवी नेपाली सरस्वता खनाल पुजा खनाल रहनुभएको छ ।
प्रशिक्षणात्मक भेलालाई राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य खड्क बहादुर थापाले प्रमुख अतिथिको आसनबाट बोल्दै सम्पुर्ण जनतालाई राष्ट्रिय जनमोर्चाले लिएको नितिलाइ अवलम्बन गर्दै राष्ट्रियताको पक्षमा एकजुट हुन आव्हान गर्नुभएको थियो ।
भेलालाई राष्ट्रिय जनमोर्चाका भुमिकास्थान नगर सदस्य तथा वडा नम्बर एकका वडा अध्यक्ष भोजराज खनाल अखिल नेपाल युवक संघका वडा अध्यक्ष प्रकाश खनाल अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका खुविराम खनाल अखिल नेपाल किसान संघका बासुदेव खनाल लगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो भने कार्यक्रम उमानन्द खनालको अध्यक्षता र जिवन नेपालीको सन्चालनमा सम्पन्न भएको थियो ।