गायक अमित नेपाली र नवगायिका पार्वती आचार्यको नयाँ लोक गीत ‘कानुन’ सार्वजनिक
आश्विन २६ गते, २०७७ मा प्रकाशित
दीपक भुसाल
काठमाडौं (अर्घाखाँचीडट्कम) । गायक अमित नेपाली र नवगायिका पार्वती आचार्यको स्वर रहेको नयाँ लोक गीत ‘कानुन’ सार्वजनिक भएको छ ।
‘कानुन’ गीतमा स्वर नवगायक अमित नेपाली र स्काई लोक आइडल बन्न सफल नवगायिका पार्वती आचार्यको रहेको छ। भिडियोमा तिलक अधिकारी र कुसुम खड्काको अभिनय रहेको छ भने गित मालाश्री स्टूडियो काठमाण्डौमा रेकर्ड गरिएको हो ।
बिहानी फिल्मसले नयाँ लोक गीत ‘कानुन’ सार्वजनिक गरेको छ । शब्द लेखन सुबास बोगटीको रहेको छ ।
यस्तै सर्जक गणेश अधिकारीले गितको लय बनाएका छन। संगीत संयोजन बिनोद बाजुरालिले गरेका छन । भिडियोको सम्पादन र छायांकन अनिश खड्काले गरेका छन भने बुटवलमा राम्रै चर्चा पाएका चर्चित मोडल राजु महोत्राले निर्देशन गरेका छन । म्युजिक भिडियोको छायांकन बुटवल तथा आसपासका क्षेत्रमा गरिएको छ । भिडियोमा शहरको स्वार्थपनमा गुज्रिएको माया पिरतिलाई देखाउन खोजिएको छ ।
विश्व कोरोना कहरले आक्रान्त बनिरहेको बेला लोक संगीत क्षेत्र पनि अछुतो बन्न सकिरहेको छैन तथापि कोरोना कहरकै बिच पनि सर्जकहरुले सिर्जना गरिरहेकै छन् । कतिपय नव कलाकारहरुका लागि त यो कोरोनाका कारण गरिएको लकडाउन फापेको हो कि भन्न सकिन्छ ।