सितापुर झिर्रामा जन्मेका हिरा बस्नेतको दशै गीत काल्पनिक दुर्घटना सार्वजनिक
आश्विन २७ गते, २०७७ मा प्रकाशित
जनक केसी
सितापुर, अर्घाखाँची असोज -२७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरका हिरा बस्नेतको परिकल्पना, अभिनय रहेको दशैंँ गीत काल्पनिक दुर्घटना सार्वजनिक भएको छ ।
यस गीतका परिकल्पना हिरा बस्नेतले गरेका छन भने गितमा नव गाएक विशाल बिसिले एकल आवाजमा गाएका छन् भने सम्बाद लोकदोहोरी गाएक सर्जक पुस्कल शर्माले गरेका छन लय कमल बस्नेतले गरेका हुन। मोडल तथा डान्सर किशु गुरुङ्ग,हिरा,सागर, भिम,निर्भिक,को अभिनय रहेको छ। उक्त गीतमा निर्देशक विष्णु भट्टराईले निर्देशन/ छायांकन तथा सम्पादन गरेका हुन।
मालाश्री रेकर्डिङ्ग स्टुडियो काठमाडौंं र एफोनिक बुटवलबाट गीत रेकर्ड गरिएको थियो। गितको सुटिङ्ग सितगङ्गा नगरपालिका २ आफू जन्मकै घर झिर्रामा र नेपालकै प्रसिद्ध मन्दिर सुपा देउराली, बिरपुर चनौटामा गरिएको थियो समाजको यथार्थ घटनामा आधारित रहेको यस गीतको पूरा भिडियो हेर्न हाइलाइट नेपालको युट्युब च्यानलले सार्वजनिक गरेको छ ।
हाम्रो समाजमा घट्ने यथार्थ घटना हो, धेरैको नजरमा यस्ता घटना नया र नौलो हुनेछैनन्, परिवारसंगै घरमै संगै बस्ने दुख सुख साटासाट गर्ने रहर कसलाई पो हुदैन र तर सोचे जस्तो र अरुको देखे जस्तो जिन्दगि कहाँ हुन्छ र ?? देशमा रोजगार नहुदा वैदेशिक रोजगारिमा भौतारिन बाध्य छौ हामी नेपाली रिन धन गरेर बिदेश गएर पनि भने जस्तो नहुदा साहुकै रिन तिर्न नसक्दा धेरैले ज्यानै जोखिम मोल्न बाध्य बनेको यथार्थ बोकेको “काल्पनिक दुर्घटना” नेपाली गीत संगीतको क्षेत्रमा कसले राम्रो र फरक खालको काम गर्ने भन्ने होडबाजी नै चलेको छ।बजारमा आएका गीतहरु मध्ये कसैले राम्रो बजार पाएका छन् भने कसैले सोचे जति पाउन सकिरहेका छैनन् ।