जनक राज अधिकारीको लोक गीत “बुढाबुढी” सार्वजनिक (भिडियो सहित)
कार्तिक १ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । जनक राज अधिकारीको प्रस्तुतिमा रहेको सन्देशमुलक लोक गीत “बुढाबुढी” सार्वजनिक भएको छ ।
कृषि गरौ भन्ने सन्देशका साथमा सम्बन्धित रहेर निर्माण गरिएको यो गित दशै को घटस्थापना को शुभसाईत पारेर युट्युब च्यानल “उज्ज्वल गिरि दानबिर” बाट सार्वजनिक भएको छ ।
गितमा उज्ज्वल गिरि र मन्जु भट्टराई को स्वर रहेको छ भने शब्द जनकराज अधिकारीको छ । उक्त गितलाई बिष्णु भट्टराई राई ले निर्देशन छायांकन र सम्पादन गरेका छन । यसै गित बाट अभिनय क्षेत्रमा पाईला चाल्दै गरेकी प्रीती भुसाल गिरि लाई स्वयम उज्ज्वल गिरी ले साथ दिएका छन प्रीती र उज्ज्वल वास्तविक जिवनमा पनि बुढा बुढी हुन।
उक्त गितमा जिया भुसाल , रुद्रलाल अधिकारी बेलकुमारी अधिकारी जनकराज अधिकारी दिपक अधिकारी कमल प्रसाद पौड्यालको अभिनय देख्न सकिन्छ ।