आउदै गरेको शुक्रबार मुस्लिम धर्मवालम्बिहरुको महान चाँड मुहम्मद जयन्तीको समस्तमा मुबारकवाद !
मानिसहरूले नबी ए करिम सल्लल्लाहु अलैहि वसल्लमलाई मअर्ने धम्की समेत दिए तर पनि उहाँले मानिसहरूलाई दुष्कर्मबाट रोक्न र सत्कर्मतर्फ डोर्याउने काम कहिले पनि छोड्नु भएन । उहाँलाई त्यति धेरै दुख, पिडा दिदा पनि उहाँ आफ्नो कार्यमा अडिग भएको देखेर उहाँको अडानलाई भङ्ग गर्न डर, धम्की दिन थाले । त्यस्तै उहाँलाई आफ्नो शासक स्वीकार गर्ने, अनुकुल सम्पतिको मालिक बनाइदिने , धनी र अत्यन्तै सुन्दरी स्त्रीसित विवाह गरिदिने जस्ता लोभ लालचा समेत देखाए । तर उहाँले भन्नुभयो , “ मलाई एउटा हातमा सूर्य र अर्को हातमा चन्द्रमा राखिदिए पनि म अल्लाहको मार्गबाट पछि हट्दिन । यसरी उहाँ कुनै लोभ लालचा पछि लाग्नु भएन र डर त्रासको कारणले गर्दा आफ्नो आस्थाबाट डगमगाउनु भएन । उहाँ बरु ढुङ्गामाटो खाएर बस्न तयार हुनुहुन्नथ्यो तर अल्लाहले देखाएको मार्ग निर्देशित गर्ने काम रोक्न तयार हुनुहुन्नथ्यो ।
तपाई हामी एक छिन सोचौँ त हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले आफ्नो समुदायको कुरा किन न मान्नु भएन होला ? यसमा के रहस्य थियो ? संसारमा ईश्वरवादी र सदाचारी बन्नाले के फाइदा थियो ? त्यस्तो अवस्था र वातावरणमा २३ वर्ष सम्म कठिन भन्दा कठिन शारीरिक र मानसिक प्रताडनाबाट उहाँले के पाउनुभयो ? पाठकवृन्द ! विचार गरौ कसैले आफ्नो व्यक्तिगत भलाईका निम्ति नभएर अर्काको निम्ति दुःख उठाएर सहृदयता , त्याग र मानवजाति प्रति सहानुभूति देखाउनु भन्दा अझ उच्च दर्जाको कल्पना के हामी गर्न सक्छौ ? जसको भलाई र कल्याणका लागि अन्तिम सन्देष्टा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले कोशिस गर्नुभयो तिनीहरूले नै उहाँलाई ढुङ्गाले हिर्काए, गाली गरे , घरबाट निकाले अनि आफ्नो जन्मथलो त्यागेर परदेश जाँदा पनि पछ्याएर शान्तिपूर्वक बस्न दिएनन् । तर सत्यतामा अडिग रहने उहाँको स्वभावले उहाँलाई आफ्नो सत्यतामा कति ठूलो विश्वास थियो भन्ने कुरा प्रमाणित गर्दछ । उहाँको मनमा अलिकति मात्र पनि सन्देह हुँदो हो त उहाँ निरन्तर २३ वर्षसम्म दुःख कष्ट सहेर आँधी, तुफानसंग लडेर कदापि बस्न सक्नु हुने थिएन ।
हुन्थ्यो, हुन्छ र हुनेछ सदैब प्रसंशा हूज़ुरको
चुमेने गर्छ धर्ति आकाशले पाहिला हूज़ुरको