अर्घाखाँचीका बिराज पाण्डे यमन खनालको देउसी भैलो गीत दान तिहारको सार्वजनिक
कार्तिक १२ गते, २०७७ मा प्रकाशित
केशब पन्थी
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको बल्कोट्का संर्जक बिराज पाण्डेको शब्द संकलन र निर्माणमा यमन खनाल र सम्झना भण्डारीको आवाजमा देउसी भैलो दान तिहारको आज सार्वजनिक भएको छ ।
दान तिहारको देउसी भैलो गीतमा संगीत यमलाल आचार्यको रहेको छ । संगीत एरेन्जर यमन खनालको रहेको छ । यस्तै रोशन धितालको सम्पादन रहेको छ ।
हाम्रो पुरानो संस्कृतिलाई जगेर्ना गर्ने हेतुले यो गित ल्याईएको शब्द संकलन बिराज पाण्डेले अर्घाखाँची डट्कमसंगको कुराकानीमा बताए । उनि हाल दुबईमा बस्दै आएका छ ।
दान तिहारको देउसी भैलो गीत यमन खनालको यूट्यूब च्यानलमा सार्वजनिक भएको छ ।