कुलेन्द्र बिस्वकर्मा, बाके अर्घाखाँची डट्कम
कोभिड १९ को महामारीबीच ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैही वसल्लमको १४९४ औं शुभ जन्मोत्सव बाँकेमा धुमधामका साथ मनाईएको छ ।
नेपालगन्ज, कोहलपुर लगाएत क्षेत्रमा रहेका मुस्लिम धर्मावलम्बीले आज रर्यालीको आयोजना गरे । सो अवसरमा नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, चिया र अन्य सामाग्रीहरु पनि बितरण गरिएको थियो । शुभजन्मोत्सव जुलुशले नेपालगञ्जका सबै मुख्य भागको परिक्रमा गरी करिब पाँच घण्टाको हिंडाईपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन भएको थियो ।
समापनमा बोल्दै अधिकांश मुस्लिम अगुवा तथा धर्मगुरुहरुले हजरत मोहम्मदको सन्देश भाइचारा, शान्ति र सदभाव भएकोले सोही बमोजिम सदभाव कायम राख्न सबैसँग आग्रह गरेका थिए ।