वाङ्ला, छापडाँडा – रोकाटोलामा खानेपानीको हाहाकार, ८०० घरधुरी बन्चित

अर्घाखाँचीडट्कम संवाददाता 
छापडाँडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडा – रोकाटोला र वार्ड नम्बर  ४ र ५ वाङ्लाका करिब ८०० घरधुरी परिवार खानेपानीबाट बन्चित भएका छन् । 
खाँचीकोटको भुरुङ खोलाबाट आएको पाइप लाइनमा पहिरो जाँदा खराब हुँदा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडा – रोकाटोला र वार्ड नम्बर  ४ र ५ वाङ्लाका करिब ८०० घरधुरी परिवार खानेपानीबाट बन्चित भएका हुन् ।
खाँचीकोट किटेनी फुदबाङ सड़क निर्माणको क्रम खोलिएको नयाँ बाटोले गर्दा पहिरो जाँदा खानेपानीको मुहान र पाइपमा माटों जम्न गएर पानी अवरुद्द भएको छ । 
करिब १८ वर्षअघि सन्चालनमा आएको यस खानेपानी आयोजनाका स्थापना कालदेखि हालसम्मका “वाङला खानेपानी आयोजना अध्यक्ष”  नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्ब अध्यक्ष निम बहादुर रिजाल हुन् । 
उक्त अवरुद्द खानेपानीमा बिशेष प्राबिधिक झिकाई दिर्घकालिन, टीकाउ साथै नबिग्रेने गरि मर्मत सम्भार समयमा गर्न स्थानियबासीको माग छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडा – रोकाटोला र वार्ड नम्बर  ४ र ५ वाङ्ला जनप्रतिनिधिले कुनै पहल नगरेको उनिहरुको आरोप छ । 

अन्य समाचारहरु