सिद्धारामा नेपाल मगर संघको वार्ड समिति गठन

घनु गाहा
सिद्धारा । जिल्लाभरि समिति गठनको अभियानमा रहेको नेपाल मगर संघले शितगंगा नगरपालिका वडा नं. ९ सिद्धारामा वडा समिति गठन गरेको छ ।
हिजो मंगलबार भएको मगर समुदायको भेलाले वकिल राना मगरको अध्यक्षतामा ११ सदसीय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा अम्मर सिङ रोका मगर, सचिवमा केशव सारुमगर, सह सचिवमा किरण रोका मगर र कोषाध्यक्षमा मनकला बैजाली मगर चयन भएका छन् I जसको सदस्यमा केशब राना मगर, तिल कुमारी पुन मगर, टोप बहादुर राना मगर, पुर्ण बहादुर पुन मगर, प्रकाश घर्ति मगर, कुबिर पल्ली मगर रहेका छन ।
जोग बहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा प्रदेश नं. ५ का कोषाध्यक्ष कृष्ण सारू मगर, विशिष्ट अतिथीमा प्रदेश सभा सचिवालय सदस्य टोप बहादुर बलाल मगर, प्रदेश सभा सदस्य रिषी बहादुर पुलामी मगर, जेबी दर्लामी, नेपाल मगर संघका अध्यक्ष नेत्र बहादुर थापा मगर, त्यस्तै आमन्त्रित अतिथीमा शितगंगा ९ का अध्यक्ष भिम बहादुर केसी लगाएतको उपस्थिती सहित मन्तव्य व्यक्त गरेका दिए ।

अन्य समाचारहरु