खाँचीकोटको दुवार नेटामा साना किसान कृषि सहकारीको अन्तर समूह कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको दुवार नेटामा सानाकिसान कृषि  सहकारी संस्थाको अन्तर समूह कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटको दुवार नेटामा सानाकिसान कृषि  सहकारी संस्था लि. को १६ औ बाषिक साधारणसभा कार्यक्रमको तेश्रो दिन अन्तर समुह नं.४ र६ अन्तरगत कार्यक्रम सम्पन्न भएको हो ।
उल्लेख्य शेयर सदस्यको सहभागिता रहेको कार्यक्रममा संस्था अध्यक्ष लक्ष्मण कडेलको अध्यक्षता संस्था सन्चालक समिती सदस्य गिता  पाण्डे  केसीको  स्वागत मन्तब्य तथा संस्था प्रबन्धक बिष्णु प्रसाद मरासिनीको संचालनमा सम्पन्न भएको थियो । 
सभामा अध्यक्ष लक्ष्मण कडेलले संचालक समितिको तर्फबाट निति तथा कार्यक्रम सहितको प्रतिबेदन तथा संस्था प्रबन्धक बिष्णु प्रसाद मरासिनीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको सभामा स्थानिय जनप्रतिनिधी बिष्णु प्रसाद भुसालले  प्रस्तुत  प्रतिबेदन माथि महत्वपुर्ण  सुझाव प्रस्तुत गर्नु भएको थियो ।  शेयर सदस्य थम्मन केसी, शुरेश केसी  लगायत केही शेयर सदस्यहरुबाट पनि महत्वपूर्ण सल्लाह सुझावहरु प्रर्तिबेदनमा समावेस गर्नु पर्ने भनाई राख्नुभएको छ। 
११ गते का दिन समापन गरिने कार्यक्रम तय गरीएकोे  सभामा लागि प्रत्येक अन्तर समुहबाट २-२ जना शेयर सदस्यहरु छनौट गरी अध्यक्षबाट प्रस्तुत निति तथा कार्यक्रम सहीतको प्रतिवेदन तथा प्रबन्धकबाट प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गरी निर्णय पुस्तीका बन्द गर्नको लागि उक्त अन्तर समुहहरुबाट  ध्रुब केसी, आरती टन्डन, गणेश  ज्ञवाली र धर्मा भुसाललाई छनौट गरीएको छ । स्मरण रहोस समापन कार्यक्रममा संचालक समिति, लेखा समिति तथा सल्लाहकार समितिका पदाधिकारी तथा सदस्यहरु गरी जम्मा ४५ जना तथा आमन्त्रीतहरुमा जन प्रतिनिधि, स्थानिय समजसेवी, संस्थाका सुभ चिन्तक तथा बौद्यिक ब्यक्तीत्वहरुको उपस्थीतीमा समापन गर्ने अध्यक्षको प्रतिवेदनमा उल्लेख  गरिएको छ ।
यस्तै मंसिर  २६ गते  अन्तर समुह नं.२ र ५ को कार्यक्रम फुदवाङको शिबालय मन्दिरमा  सन्चालन गरिने छ ।