गोरुसिङ्गेमा टिप्पर ठक्करबाट घाइते भएका सिद्धाराका युवाको पनि निधन

अर्घाखाँचीडट्कम संवाददाता
गोरुसिङ्गे / अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । कपिलवस्तुको गोरुसिङ्गेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धाराका एक युवाको उपचारको क्रममा मृत्‍यु भएको छ ।
गोरुसिङ्गेमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धाराका बम बहादुर बिकको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा शुक्रबार बिहान ५:३० बजे मृत्‍यु भएको हो । बिक नेपाल प्रहरी जवान बुटवलबाट कार्यरत थिए ।
गत  पौष १५ गते बुधवार टिप्परले मोटरसाइकललाई ठक्कर दिदा सिद्दाराकी अन्दाजी २४ बर्षिय निशा बिकको घटनास्थलमै मृत्यु भएको थियो । 
 पुर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ७३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ५ प ९६३१ नम्बरको मोटरसाइकललाई कपिलवस्तुको गोरूसिङगे नजिकै तौलिहवा जाने चोकमा बुधबार साँझ ठक्कर दिदा मोटरसाइकलको पछाडी सवार गरेकी बिकको ज्यान गएको थियो । 
दुर्घटनामा मोटर चालक  सिद्धाराका बम बहादुर बिक गम्भीर घाईते भएका थिए । 

अन्य समाचारहरु