अर्घाखाँचीका सुदिप सागरको संगीत सयोजनमा तयार नयाँ म्युजिक भिडियो ‘मेरो रातो गलबन्दी’युटुबको ट्रेन्डिङमा

अर्घाखाँची घरभै काठमाण्डौलाई कर्मभुमी बनाइ नेपाली संगीतिक क्षेत्रमा अब्बल दर्जामा आफ्नो नाम लेखाउन सफल चर्चित संगितकार तथा म्युजिक  एरेन्जर सुदिप सागरको संगित सयोजनमा तयार पारीएको सपना घिमिरे पौडेलको आफ्नै शब्द संगीतमा ‘मेरो रातो गलबन्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।
म्युजिक भिडियोलाई एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । वान डीबि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सपना घिमिरे पौडेल र प्रताप दासको स्वर रहेको छ ।
बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन, मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा स्मारिका ढकाल,सामरिक ढकाल र सागर लम्साल बलेको अभिनय समेटिएको छ ।
म्युजिक भिडियो लिन्क 
https://youtu.be/NInKYnsk7IE
https://www.youtube.com/watch?v=NInKYnsk7IE&feature=youtu.be