ठाडामा कृषि ज्ञानकेन्द्र अर्घाखाँचीद्वारा अभिमुखीकरण गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

झनक के.सी 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा कृषि ज्ञानकेन्द्र अर्घाखाँचीद्वारा अभिमुखीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा शितगङ्गा वार्ड न. १,२,३,४ र १२ का अगुवा कृषक समूह फार्म लगाएका करिब ४० जनाको कृषकको सहभागीमा कार्यक्रम सम्पन भएको हो। 
कार्यक्रमको अध्यक्षता कृषि ज्ञानकेन्द्रका प्रतिनिधि राम मिलान प्रसाद बिस्वकर्मा, प्रमुख अतिथी सितगङ्गा नगर प्रमुख सुर्य प्रसाद अधिकारी,बिशिस्ट अतिथी शितगङ्गा नगर उपप्रमुख टीका रेस्मी, अतिथीहरु गोबर्धन थापा, हेमनाथ भुषाल,दामोदर अधिकारी, तेस्तै शितगङ्गा नगरपालिका प्रशासकिय अधिकृत प्रेम बहादुर केसि आतिथ्यतामा कार्यक्रम संचालक भएको थियो। 
कार्यक्रमको नियम लगाएत अन्तरकृया बोल्दै कार्यक्रमका अध्यक्ष राम मिलान प्रसाद्ले चाक्ला भगवती मार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम आलु तथा मकै मिसन सम्बन्धी अभिमुखिकरण गोस्ठि अन्तरकृयामा कृषि ज्ञान केन्द्रमा ९० लाखको योजना आएको हुदा इच्छुक कृषक, समूह, एकल फार्म, सामुहिक फार्मका किसानहरुले भाग लिन सक्ने छन। कार्यक्रममा न्युनतम ३ हेक्टर अर्थात २० रोपनीमा ३ ओटा कलस्टर अनिबार्य बनाउनु पर्ने अधिक्तम ५० हेक्टर हुनुपर्ने बताएका छन। प्रती हेक्टर २ लाख एउटा किसान बराबर २ रोपनीमा कृषि गरेको हुनु पर्ने बताएका छन। ब्यक्तिको हकमा ५०%अनुदानको ब्यबस्ता छ भने सस्थागतको हकमा ८५% अनुदानको ब्यबस्था छ। 
 
कार्यक्रम शितगङ्गाको चाक्ला देखी मालारानी भगबती सम्म हाईवे देखि ५ किलो मिटर दायाँ बायाँ  कोरिडोरका कृषकलाई समाबेस गरि माघ मसान्त सम्म सम्झौता गरि सक्नु पर्ने बताएका छन। कृषि ज्ञान केन्द्र अर्घाखाँचीमा विभिन्न अनुदानका कार्यक्रम आएको हुदा खोजिनिती गर्न कृषि शाखा ठाडाले पनि जानकारी गराउने हुदा समयमै ध्यान दिन अनुरोध समेत गरेका छन। शितगङ्गा नगरपालिकाको लागि सम्पर्क ब्यक्ती सिनपा वाड न ३ ठाडा दहका मोति राम पौडेल रहेको बताएका छन।

अन्य समाचारहरु