ठाडाको डमरुदहमा फुलका बिरुवा राेपेर मनाइयाे सिमसार दिवस (फोटो सहित)

अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । डिभिजन बन कार्यलय अर्घाखाँचीकाे आयाेजनामा शितगंगा नगरपालिकाकाे स्थित ठाडाको  डमरुदहमा सिमसार दिवसकाे अबसरमा दह सरसफाइ तथा वृक्षाराेपण गरिएकाे छ । 
सिमसार र पानी जिवनकाे अभिन्न आधार मुल नाराका साथ विश्व भर मनाइएकाे विश्व सिमसार दिवस शितगंगा नगरपालिकामा पनि मनाइएकाे हाे । 
कार्यक्रममा डमरु दह सरसफाइ अभियान सञ्चालन गरिरहेका हरि खनालले नगरपालिकाले नेपालकै नमुना याेग्य तालकाे संरक्षणमा तत्परता नदेखाएकाे गुनासाे गर्नु भयाे । नगरपालिकाकै मुटुमा रहेकाे याे ताल सरसफाइ त संरक्षणमा  स्थानिय समेत अग्रसर हुन नसकेकाे उहाँले बताउनु भयाे ।यस्तै स्थानिय कमान सिँह दर्लामीले जिर्ण बन्दै गएकाे संरचनाकाे रक्षा गर्न नसकेकाे सिमसार क्षेत्र मानिने दहकाे अस्तित्व  सकिने बताउने भयाे । पानीका मुहानहरुकाे सरक्षणमा ध्यान नदिदा पुछि जटिल अबस्था अाउन सक्ने भन्दै  संरक्षित क्षेत्रकाे रक्षाकाे लागि स्थानियहरुले गम्भीरतापूर्वक ध्यान दिनु पर्ने बताउनु भयाे ।
यस्तै कार्यक्रममा बाेल्दै प्रमुख अतिथि शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीले  शितगंगा नगरपालिकाकाे अधिकांस स्थान सिमसार क्षेत्रकाे रुपमा रहे पनि सरकार बाट हेर्ने दृष्टि परिवर्तन हुन नसकेकाे बताउनु भयाे । सरकार बाट जनसंख्याको अाधारमा बजेट बिनियाेजन गर्ने गर्दा शितगंगा नगरपालिका पछाडि परेकाे जिकिर गर्नु भयाे ।  सिमसार क्षेत्र सम्रक्षणमा नगरपालिकाले उल्लेखनीय भुमिका निभाएकाे बताउनु भयाे । शितगंगाका अन्य सिमसार क्षेत्रकाे सरंक्षण बिभिन्न स्थानमा सिचाई पाेखरी निर्माण लगायतका काम सम्पन्न गरेकाे बताउनु भयाे । 
डमरु दहकाे बिकासकाे लागि गुरुयोजना समेत तयार बनेकाेले छिटै काम सुरु हुने बताउनु भयाे । यस्तै डिभिजन बन कार्यलय अर्घाखाँचीका अधिकृत माेहन प्रसाद श्रेष्ठले सिमसार क्षेत्रकमे संरक्षण मानिसहरुकाे संरक्षणकाे लागि भएकाेले पनि यसकाे संरक्षणमा सबै लाग्नु पर्नेमा जाेड दिनु भयाे ।सिमसारकाे संरक्षणले पशु पन्छी जीव जन्तुकाे लागि पनि महत्वपूर्ण  रहेकाे बताउनु भयाे ।

अन्य समाचारहरु