चोलनाथ पौडेल
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनीमा अर्घाखाँची डट्कम व्युरो प्रमुख डिआरजी सुमनलाई पाणिनी पर्यटन समाज अर्घाखाँचीद्धारा स्वागत गरिएको छ । स्वतन्त्र पत्रकार डिआरजी सुमन विभिन्नएजेण्डा सहित १५ दिने भारत यात्रामा जाँदा पाणिनी पर्यटन समाज अर्घाखाँचीमार्फत केही औपचारिक भारत भ्रमणको समेत एजेण्डा सहित गएका थिए ।
पाणिनीमा मानवीय सेवा र पर्यटकीय गन्तव्य को विकास मा सक्रियता साथलागेको पाणिनी पर्यटन समाज का प्रवक्ता समेत रहेका डिआरजी सुमनकोभारत यात्रा सफल भएको छ ।
यस यात्राले संस्थागत रुपमा केही महत्वपूर्ण सफलता समेत भएको पाणिनीपर्यटन समाज का अध्यक्ष झविन सुनामको भनाई छ । पाणिनी पर्यटन समाजका भारत प्रतिनिधि वावुराम घिमिरे ले भारत मिशनमा साथ दिनु भएको थियो ।नेपाल तथा भारतमा सफल व्यावसायिको रुपमा परिचित समाजसेवी विकासरेष्मीको केही महत्वपूर्ण योजना सहित निकट समयमै भारत यात्रामा पर्यटनसमाज जाने एक प्रकार को तयारी भएको छ ।
भारतका विभिन्न स्थानमा केही औपचारिक भेटघाट समेत गरेका सुमनलेपाणिनी पर्यटन समाज को तर्फवाट केही महत्वपूर्ण योजना समेत पेस गरेका छन।
अर्घाखाँची डटकम् समाचार सम्पादक,परराष्ट्र मामिला तथा व्युरो प्रमुख समेतरहेका स्वतन्त्र पत्रकार डिआरजी सुमन लाई पाणिनी देखी अर्घाखाँची डटकम्सम्वादाता प्रकाश प्युठानीले विदाई गर्नु भएको थियो । डिआरजी सुमन फ़ैन्सकल्व लुधियानामा गणेश विक नेतृत्वमा,जालन्धरमा राधा रेग्मी,विन्दु गौतम रपवित्रा सर्मा नेतृत्वमा गरिएको स्वागत लुधियाना देखी वावुराम घिमिरे,विकासरेष्मी मार्फ़त विदाई भएको थियो ।
१५ दिने सफल भारत यात्रा सम्पन्न गरेका सुमन लाई सालझण्डीमा खगेन्द्र विकर सुमनले स्वागत गरेका थिए भने पाणिनी पर्यटन समाजका अध्यक्ष झविनसुनाम र उपाध्यक्ष धुर्व घिमिरे ले पाणिनीमा स्वागत गरेका छन ।
सुमनको भारत यात्रा व्याक्तिगत तथा संस्थागत रुपमा ऐतिहासिक भएकोपाणिनी २ का समाजसेवी चन्द्र कान्त पौडेलको भनाई छ । आफ्नै गाँउको एकपत्रकार भारतको ७२ औ गणतंत्र दिवसमा सम्मानित हुदा आफुलाई खुसीलागेको पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे कोभनाई छ ।
डिआरजी सुमन को अन्तराष्ट्रीय स्तरमा राम्रो छवि प्रमाणित भएको पाणिनी तीनका वडा सदस्य प्रकाश भुसालले वताउनु भयो । चोलनाथ पौडेल/अर्घाखाँचीडटकम् ।


