सिमलपानीको बाणगंगा खोलामा मोटररेवल पुलको निर्माण शुरु, स्थानीयमा खुसियाली

अशोक खनाल
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीमा पर्ने तराई क्षेत्रको केही भागमा पर्ने कपिलवस्तुको बैरियाबाट शितगंगाका १४ र १३ वार्ड भेडामारे ठाडा हुँदै सन्धिखर्क पुग्ने बाणगंगा खोलामा मोटररेवल पुलको निर्माण कार्य शुरु भएको छ।
बिगत  ५,७ बर्ष अघिदेखिको लामो अथक प्रयासबाट उक्त खोलामा पुल बन्ने पक्का भएको हो।
२०७४ सालको स्थानीय  चुनाब भए प्रश्यात स्थानीय जनप्रतिनिधिहरुको पहलमा डिपिआर गरि पटक पटक संघिय सरकारसँग अनुरोध गरे प्रश्यात संघिय सरकारले रु.१३ करोड २५ लाख  बिनियोजन भई २ बर्ष भित्र सम्पन्न गर्ने गरि सम्झौता भई पुलको निर्माण कार्य शुरु भएको हो ।
पुलको सगुन कन्ट्रक्सन प्रा. लि बुटवलले करिव एक महिना अघिदेखि  निर्माण कार्य गरिरहेको नगर उपप्रमुख टीका बहादुर रेश्मीले बताएका छन् ।
बिगत ५,७ बर्ष अगाडि नै बन्नु पर्ने  उक्त पुल जिल्लाका नेताहरुको पौच नहुनुको कारणपछि परेको त्यहाँका स्थानीय चुरा कार्की  र हरि टन्डन बताउछन्  ।