माधव खनाल
ढाकावाङ, अर्घाखाँची १९ फागुन । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङको श्री चौर आधारभुत बिधालयका प्रधानध्यापक आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
वार्ड नम्बर २ ढाकावाङको श्री चौर आधारभुत बिधालय अर्जुन टाकुराखर्क फुलबारीका प्रधानध्यापक चन्द्रबहादुर केसी आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । केसी अर्जुन निवासी हुनुहुन्छ ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै प्रधानध्यापक केसीले अहिले जन्मदिन मनाउने भन्दै फजुल खर्चमा प्रतिस्पर्धा गरि मनाउनु भन्दा त्यो फजुल खर्च सामाजिक अर्थात शैक्षिक क्षेत्रमा प्रयोग गर्न सम्पुर्णलाई आव्हान गर्नु भयो ।