सिद्धाराको लौरीमा माओवादी-केन्द्रको वार्ड सम्पर्क कार्यालय स्थापना

गोबिन्द रसाईली 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिाकाका वार्ड नम्बर ९ सिद्धाराको लौरीमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी-केन्द्र) सम्पर्क कार्यालय स्थापना भएको छ । 
माओवादी-केन्द्रले आईतबार सिद्धाराको लौरीमा आफ्नो पार्टीको वार्ड सम्पर्क कार्यालय उद्घाटन गरेको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सिद्धाराका नेता चुमान सिंह परियारको अध्यक्षता तथा पार्टी जिल्ला सदस्य एवम् शितगंगा नगरपालिका उप प्रमुख टीका रेश्मी, जिल्ला सदस्या तथा शितगंगा नगरपालिकाका कार्यपालिका सदस्य विष्णु परियार(गोकुल) शितगंगा वडा नम्बर ९ का वडा सदस्य पवित्रा परियार युवा नेता दिल कुमार वि.क,चोपलाल कुँवर,बसन्त रोका लगायत सिद्धाराका  सकृय कार्यकर्ताको उपस्थितमा शनिबार एक कार्यक्रमको आयोजना गरि सिद्धाराको लौरीमा वार्ड सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
 
साथै उक्त कायक्रममा  सुनिता वि.कको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी,प्रकाश वि.काको अध्यक्षतामा योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) तथा मान वहादुर वि.कको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चाको वार्ड कमिटीको गठन गरेको छ ।
कार्यक्रममा बोल्दै स्थानीय जनताहरुले माओवादी केन्द्रको नाममा चुनाव जितेकाहरु अहिले अन्य पार्टीमा पवेश गरेर माओवादी केन्द्रलाई नै तथानामी गाली गर्दै हिड्नेहरुलाई छिटोभन्दा छिटो कार्वाही गर्नु पर्ने धारणा राखेका थिए । 

अन्य समाचारहरु