माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

 नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले बुधबार समर्थन फिर्ता लिएको जानकारीको पत्र संसद सचिवालयमा बुझाएको छ । 
माओवादीका नेता देव गुरुङले संसद सचिवालयका सचिवलाई पत्र बुझाएका हुन् । पत्र बुझाएपछि नेता गुरुङले प्रधानमन्त्रीले संविधान विपरितका कार्यहरु गरेको र राष्ट्रिय स्वाधिनताका मुद्दा खतरामा पर्ने भएकाले समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । 
उनले नियमित अधिवेशन नबोलाई विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउनु त्रुटिपूर्ण रहेको भन्दै उनले यो संविधान विपरित रहेको बताए । नयाँपत्रीकामा समाचार छ ।