पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले ४ दिनमा कोरोना जिते


अर्घाखाँचीडट्कम संवाददाता 
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतमको ४ दिनको अन्तरालमा कोरोना नेगेटिभ आएको छ । 
वैशाख १९ गते गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको २ दिनपछि कोरोना नेगेटिभ आएको हो ।
नेशनल प्याथ ल्याबमा गरिएको परिक्षणमा अध्यक्ष अच्युत गौतमसहित श्रीमती निर्मला खनाल गौतम र सवारी चालक चन्द्र पेग्नीको समेत रिपोट नेगेटिभ रहेको छ ।  
गौतमले २ दिनको अन्तरालमा आएको आफ्नो रिपोर्टमा विरोधाभाष देखिएको बताएका थिए । वैशाख १९ गते पिसिआर रिपोर्टमा पोजेटिभ देखिएकोमा अर्को वैशाख २१ गते गराएको एन्टिजेन परिक्षणमा नेगेटिभ देखाएको बताएका थिए ।
 

अन्य समाचारहरु