ठाडाको डोहोटेमा कोरोना सम्बन्धी जनचेतनामूलक सन्देश दिदै त्रिशक्ति यूवा कल्ब


उमेश बन्जाडे
डोहोटे, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १२ ठाडाको डोहोटेमा कोरोना सम्बन्धी रोकथामका उपाय खानपान र स्वास्थ जीवनका लागि अपनाउनु पर्ने कुराहरुको लागि  त्रिशक्ति यूवा कल्बले गाउँ-गाउँ घर घरमा जनचेतनामूलक सन्देश दिएको छ ।
कोरोनाको द्रोस्रो लहर सुरु भएसंङ्गै अपरिचित व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा आउने खालका गाउँका पसल व्यवसाय समेत बन्द गर्न अनुरोध गरेको हो ।
कोरोनाको जोखिमबाट गाउँलाई हर हालतमा बचाउने अहिलेको प्रमुख लक्ष्य कल्वको रहेको कल्वका उपाध्यक्ष रेशम बन्जाडेले बताउनु भयो।
बाहिरी देश अथवा अन्य मुलुकबाट गाउँमा कोहि ब्यक्ति आएमा १०देशि १५ दिनसम्म कसैको सम्पर्कमा नआइ होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गरेको छ।
कल्वको उच्च काम र स्वास्थ मापदण्डका जनचेतनामूलक सन्देश आफ्नो घर घरमा कल्व पुगेर सल्लाह दिदा स्थानिय खुसि देखिन्छन् । कोरोनाको जोगिमबाट बच्न र बचाउन सबै देशवासी जनसमुदायलाई कल्वको अनुरोध रहेको छ।