काठमाडौँ- नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकता प्रस्तावसहित आइतबार बेलुका जारी गरेको विज्ञप्ति भ्रामक र षडयन्त्रपूर्ण रहेको विद्रोही माधव नेपाल समूहका नेताहरुले गरेका छन्।
माधव नेपाल निकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओलीको विज्ञप्तिलगत्तै त्यो झुठ र भ्रमको पुलिन्दा रहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्- जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रुपमा जेठ ३ को पूर्वअबस्थामा लेखेर जाल गरेका छन्। सर्बोच्चबाट हस्ताक्षर फिर्ता लिन लाउने मात्र उनको नियत देखिन्छ। अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन्।’
प्रधानमन्त्री ओलीले संंसद बिघटन गरेकोमा माफी माग्नुभन्दा उल्टै मुद्दाबाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकताकै धज्जी उडाइदिएको खतिवडाले सामाजिक सञ्जालमा लेखेका छा्।
उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाइ नै समाप्त गर्नु भन्दा ओलीले पार्टी अध्यक्ष पदबाट राजिनामा गर्नु सबै भन्दा उत्तम हुनेछ। यस्तो अबस्थामा केपी ओलीको मनखुसीले निकालेको बक्तब्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाइ मान्य छैन। कोही भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’ देशसन्चारमा समाचार छ ।