केशब घिमिरे
डिहिडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवनलाई जोगाउन ढुङ्गा जाली प्रयोग गरेर पर्खाल निर्माण गरिएको छ ।
साधन र स्रोतको अभावका कारण खाँचीकोटको श्री चन्द्रप्रभा मावी डिहिडाँडाको भवनलाई जोगाउन ढुङ्गा जाली प्रयोग गरिएको हो । तर स्थानियबासीहरुले पक्की पर्खाल लगाउनुपर्ने माग गरेका थिए ।
शहरी शासकिय बिकास कार्यक्रमको करिब ४ लाख खर्चमा जाली भरिएको छ ।
यस अगाडि साधन र स्रोतको अभावका कारण यस भवनलाई जोगाउन टाेनेल पलास्टिक प्रयोग गर्नु परेको थियो ।
केही वर्षदेखि पहिरोको जोखिममा रहेको विधालयप्रति जनप्रतिनिधी तथा सम्बन्धित निकाय कसैको ध्यान पुग्न सकेको थिएन् ।