पटौटीको श्री द्यौराली माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरियो (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीको श्री द्यौराली माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।
श्री द्यौराली माध्यमिक विद्यालय परिसरमा रुख रोपौं पर्यावरण बँचाऔ भन्ने उद्देश्यले वृक्षारोपण गरिएको हो ।
पुर्व प्र.अ टोमलाल घिमिरेको पहल र संयोजकत्वमा मसला,कपुर र धुपीका करिब ४०० बिरुवा रोपिएको छ ।
वृक्षारोपण कार्यक्रममा विद्यालयका पुर्व प्र.अ हरु टोमलाल घिमिरे, गोविन्द प्रसाद पौडेल,लेखप्रसाद श्रेष्ठ साथै वि.व्य.स पुर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी अहिलेका अध्यक्ष घनश्याम घिमिरे साथै समितिबाटै यमलाल पाण्डे नारायण प्रसाद भट्टराईको उपस्थिति थियो । 
यस्तै शिक्षक अभिभावक संघबाट अध्यक्ष तिलक गैरे साथै समाजसेवी व्यक्तित्वहरु छविलाल घिमिरे, विन्दु घिमिरे, लालमणी बेल्वासे, केशवराज घिमिरे अनि विद्यालयका शिक्षक शिक्षीकाहरुको पनि उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु