गंगा ज्ञवाली
कीर्तिपुर काठमाडौं
साउने संक्रान्तिको आनन्द
रमाइलो लाग्छ सम्झँदा
आनन्द लाग्छ यादहरु मा हराउँदा
तुलसीको मठमा
लुतेकटेरी बनाउँदा
साँच्चै आफैं बस्ने नै हो कि जस्तै गरेर
बलियो पारेर
मास छर्दै
तिउरीको पात थिचेर
मकर्काचुलिको पात मिसाउँदै
कर्कलोको पातले बाँधेर लगाएको तिउरी
कसरी भुल्नी होला
ठूलो लौरोमा कपडाको झुम्रो बेरेर
मट्टितेलको ड्रम मा चोपेर
आगो रनकाउँदै
टायरको टुप्पो बाँधेर
आगो बालेर
खोलाको किनारमा गई
गुल्मेली की लुतो पिलो पाल्पाली ले खाऊ
लैजाऊ भन्दै कुस्ती खेलेको
उताबाट पाल्पाली काे भीड अनि यता बाट
गुल्मेली काे भीड
साँच्चै सम्झन लायक छ
अनि घर घरमा
मीठा परिकार खादै खुवाउँदै
मनाउने साउने संक्रान्ति
मन मस्तिष्कमा ताजा छ
अनि आमाले सल्लाको खोटो वाला दाउरा बाल्दै
छर छिमेकी डाक्दै
लुतो पिलो हस्तान्तरण गरेको कहाँ बिर्सनु
साँझ परेपछि बोल्नै डर
लुतो लैजा पिलो खा भनेर सबैलाई भन्दै हिँडेको कहाँ बिर्सनु
मस्तिष्कमा ताजा छ
शुभकामना श्रावण सक्रांतीको सबैलाई सुखद रहोस्