अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ ठाडाको पोखेडाँडा पतन्जली मार्ग (अमराई-जुकेना) सडक खण्डमा मर्मतमा प्रहरी जुटेको छ ।
ईलाका प्रहरी कार्यालय ठाडा अविरल वर्षाका कारणले बिभिन्न स्थानमा पहिरो र भेल गई सडक बिग्रिन गएको अमराई-जुकेना सडक मर्मतमा जुटेको हो ।
एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरुलाई आवतजावतमा अतिनै कठिनाई भएको भन्ने आम जनगुनासो आएको भन्दै प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा १० जनाको प्रहरी टोली लगायत २५ जना स्थानियबासीको सकृयतामा मर्मत सम्भार गरी सवारी आवागमनमा सहज बनाईएको छ ।
ईलाका प्रहरी कार्यालय ठाडाले बेला बेलामा सरसफाई लगायतका सामाजिक कार्य गर्दै आएको छ ।