खाँचीकोटको डिहीकी ब्लड क्यान्सरबाट पिडित बिष्णुमाया थापाको निधन, छोराछोरीको बिचल्ली


ç
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको डिही खसखोलाकी ब्लड क्यान्सरबाट पिडितको निधन भएको छ । 
ब्लड क्यान्सरबाट पिडित खाँचीकोटको डिही खसखोलाका स्व. यम बहादुर थापाकी श्रीमती बिष्णुमाया थापाको उपचारको क्रममा भरतपुर क्यान्सर अस्पतालमा बुधवार निधन भएको हो ।
बिष्णुमायाको आर्थिक अवस्था एकदम कमजोर भएको कारण उपचारको लागि सामाजिक अभियान्ता गोमा सापकोटा रेग्मी लगायतले “बिष्णु माया थापा बचाउ अभियान” संचालन गर्दै आएका थिए ।   
बिष्णुमाया विगत ११ महिनादेखि ब्लड क्यान्सरबाट पिडित थिइन् । उनका श्रीमान यम बहादुरको केही बर्ष अघि वैदेशिक राेजगारीकाे शिलशिलामा मलेसियामा मृत्यु भएपश्चात ३० वर्षकाे कलिलाे उमेरबाट एकल जिवन विताउनु भएको थियो।
मृतकका स-साना १ छोरा र १ छोरी रहेका छन् । अहिले छोराछोरीको बिचल्ली भएको छ । बिष्णुमायाले श्रीमानको मृत्यु भएपछि दु:ख कस्टका साथ आफ्नो र छोराछोरीको जीवन निर्वाह गर्दै आएकी थिइन् । 

अन्य समाचारहरु