मैदान-रुपन्देही सम्पर्क समाजद्वारा दशैंतिहारको शुभकामना आदानप्रदान


सुरज घिमिरे 
बुटवल । पाणिनी-५ मैदान अर्घाखाँची-रुपन्देही सम्पर्क समाजद्वारा विजयादशमी तथा शुभ दिपावली अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गरिएको हो । 
सो अवसरमा समाजका अध्यक्ष थानेश्वर घिमिरेले हाम्रो सांस्कृतिक धरोहर बताउँदै यसको जगेर्ना गर्न सबै लाग्नुपर्ने बताए । उनले आधुनिकताले चार्डपर्वहरुमा विकृती मौलाएको धारणा राखे । यस्तै समाजका उपाध्यक्ष पदम घिमिरेले चाडपर्वलाई भड्किलो बनाउन नहुँने भन्दै मितव्ययीताका साथ हर्षोल्लासमय वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोषाध्यक्ष देवीप्रसाद घिमिरे, कार्यसमिति सदस्य सरस्वती अधिकारी, सल्लाहकार डिल्लीराज भण्डारी, डिआर घिमिरे, दिनामणि भट्टराई लगाएतले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, एकता र मेलमिलापको निम्ति चाडपर्वको महत्त्वपुर्ण भूमिका हुनेमा जोड दिएका थिए ।

अन्य समाचारहरु