नुवाकोटको श्री यशोधरा विद्यालय च्युरामाटीलाई दिवंगत आमाको स्मरणमा गैरेले सहयोग गरे (तस्बिरहरु)


हरि कुँवर
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ८ नुवाकोटको च्युरामाटी मौलीपोखरा निवासी समाज सेवी रामु गैरेको परिवारले दिवंगत आमा को स्मरणमामा श्री यशोधरा आधारभुत विद्यालयलाई  विभिन्न समान सहयोग गरेका छन् । 
स्वर्गीय तोप कला गैरेको १७ औं स्मरणको अवसरमा हरेक बर्ष जस्तै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका गैरेले यो बर्ष पनि आफैले अध्यन गरेको श्री यशोधरा आधारभुत  विद्यालयका प्रधान अध्यापक मदन खनाल  , विद्यालय व्यवस्थापन समिति  अध्यक्ष तेज प्रसाद गैरे ( बाबुराम ) द्वारा विद्यार्थी को लागी पन्ध्र हजार बराबरको साउन्ड सिस्टम , ८० पिस पेन , ८० पिस कपि, दुई प्याकेट चकलेट  हस्तान्तरण गरेका हुन् ।
साथै परिवारमा ७ दाजु दिदिबहिनी मध्य कान्छा तथा समाजसेवी रामु गैरेले जिल्लामा दिनदुखीलाई सयोग गर्दै आइरहेका छन् । आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउदा खुसी व्यक्त समेत गरेका थिए ।