संगीतको ईतिहास (गजल)


मोतिराम भट्ट
  यता हेर्यो यतै मेरो नजरमा राम प्यारा छन ,जुन गजललाइ सितुराम श्रेष्ठले सङ्गीत भरेर गाएपछि सुरु भयो नेपाली गित सङ्गितको ईतिहास । सानै उमेरदेखी गित सङ्गीत भनेपछी हुरुक्कै हुने म एकाएक मस्तिष्कमा गित सङ्गितको ईतिहास बुझ्ने रहर पलाउन थाल्यो।अनेक साङ्गेतिक पुस्तकको अध्ययन ,सङ्गीत बिज्ञको राय सुझाव र आफू स्वयमले ईन्टरनेटको माधयमलाइ सदुपयोग गर्दै करिब करिब महिनौ को अन्तराल पछि पत्ता लगाउन सफल भए गित सङ्गितको ईतिहास ।
वि.स १९६० को दसकबाट नेपालमा गित सङ्गितको इतिहास सुरु भएको मानिन्छ।हुस्तात बुद्दि,हुस्तात साइला हुँदै नेपालको सङ्गीत अघि बढी रहेको बेला ७० औ दसकको बेलामा “”सवारी मेरो रेलैमा””गित लिएर पहिलो नेपाली नारी गायिकाको रुपमा उदाउछिन मेलवादेवी।……2007 साल अघि विराटनगरमा स्थापना भएको प्रजातन्त्र रेडियो नेपालकी प्रथम गायिका रनुदेवी अधिकारी देसको समृद्धिका लागि गित गाइन।वि.स 2007 सालमा रेडियो नेपाल स्थापना भएपछी आफ्नो प्रतिभालाइ निखार्दै रेडियो नेपालको प्रथम गायकका रुपमा ईतिहास बनाउन पुगे हरिप्रसाद रिमालले।त्यसपछी  नातिकाजी,तारादेवी,कोइलिदेवी,शिव सन्खर,किरण खरेल ,रत्न समसेर थापा ,यादव खरेल ,मणिक रत्न ,प्रेम दोस प्रधान लगायतले गित सङ्गितलाइ माथी पुर्याउदै गर्दा 2018 सालमा नारायण गोपाल नव गायकका रुपमा नेपाली गित सङ्गितको छेत्रमा प्रवेस गरे।20 को दसकमा तत्कालिन राजा महेन्द्र द्दारा दार्जीलिङ बाट नेपाल तर्फ लाएका सङ्गितकार अम्बर अन्तत गणतन्त्र नेपालका रास्टिय गायनका सङ्गितकार बन्न सफल भए।20 कै दसकमा गोपाल योन्जन को सुगम सङ्गितले यति धेरै उच्चता लियो कि त्यसपछी त सुवर्ण युग नै सुरु भयो।त्यही समयमा अरुणा लामा,कर्म योन्जन,दिप श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,दिपक खरेल,भक्तराज आचार्य ,अरुण थापा,सम्बुजित बास्कोटा लगायतले नेपाली सुगम सङ्गितलाइ झनै उच्चता दिए।
                   कुमार बस्नेत,राम थापा लगायतले धानेको नेपाली लोक गित सङ्गीत देसको कुना काप्चा हुँदै रेडियो नेपालबाट घन्किएर मौलिक सङ्गितको रुपमा विस्वब्यापी हुँदै गयो ,त्यही समय रेकर्ड भए रेसम फिरिरी,मुरली बज्यो बनैमा,सिमसिमे पानीमा ,आमाले सोध्लिननी खोइ छोरा भन्लिन, यस्ता ईतिहास बनाउन सफल नेपाली लोक सङ्गितहरु यसर्थ नेपालको लोक सङ्गितको इतिहासका यी नाम बुद्दी परियार,रेखा साहा ,प्रेम राजा महत ,झलकमान गन्धर्व अमर नाम हुन पुगे । 2047 सालमा नारायण गोपालको देहावसन र 2048 सालको भक्तराजको दुर्घटना पश्चात् बिचलिएको सुगम सङ्गितलाइ निरन्तरा दिए रामकृष्ण ढकाल,यम बराल,राजेस पायल राई,लोचन भट्टराई ,कुम्ती मुक्क्ताङ लगायतले।यहि समयमा पप भनेर मानिएको गित सङ्गितका गायक ओम प्रसाद बिस्टलाइ पन्छाउदै धिरज राई,नवीन के भट्टराई आदिले जमाए पप सङ्गीत र त्यसलाइ निरन्तरता दिए सुगम पोख्रेल,इन्दिरा जोसि,धर्मेन्द्र सेवान ,राजु लामा ,अनिल सिङ्ग हुँदै आज Rap र hipop को बाटो सम्म नेपाली सङ्गीत पुगेको छ ।यसमा गिरिस खतिवडा ,यमा बुद्द ,लाउरे लगायतका गायकहरुले ठुलो योगदान दिए ।वि.स 2053 साल पछि नेपालमा रेडियो FM सुरुवात सङ्गै नेपाली सङ्गीत रेडियो नेपाल मा मात्र भर पर्न परेन ।विभिन्न रेडियो स्टेशन बाट नेपाली गित सङ्गितालाइ अघि बडेको देख्न सकिन्छ।सङ्गितकर्मी का विशेष स्थान हुन पुग्यो,PRBT,CRBT जस्ता डिजिटल माध्यम बाट रोयल्टी पाउन थाले र अहिल डिजिटल माध्यम बाट कलाकारले रोयल्टी पाउन थाले ।
      जय गित जय सङ्गित